गौर नगरपालिकाद्वारा बजार अनुगमन 

रौतहट । गौर नगरपालिका कार्यालयले आइतबार गौर बाजार अनुगमन गरेको छ । नजिकदै गएको पर्वको मध्य नजर गर्दै कार्यालयले बजार अनुगमन गर्न लागिएको हो ।

दैनिक उपभोग्यको बस्तुमा खाद्य बस्तु मिसावट, मनोपोली ढंगबाट बढाउने मूल्यमा एकरूपता ल्याउन र सेवाग्रहीहरुलाई सहज रुपमा दैनिक उपभोग्यका सामान उपलब्ध गराउनका लागि बजार अनुगमन गर्न शुरू गरिएको नगरपालिकाका प्रमुख पशासकीय अधिकृत सुमन कार्कीले बताएका छन् ।

पर्व तिहारमा सेवाग्रहीहरु बढी ठगीमा पर्ने सम्भावना रहेकोले त्यसका लागि अघि देखि नै अनुगमनको निरन्तरता दिन लागिएको कार्कीको भनाइ रहेको छ । होटल, किराना पसल, पान पसल, कास्मेटिक पसल, कपडाको पसल तथा तरकारी बजार समेतमा नियमित अनुगमन गरिने गौर नगरपालिकाले जनाएको छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।