भूकम्प र सुनामीका कारण मर्नेको संख्या ३८४ पुग्यो, लासको टापु बन्यो सुलावेसी

जकार्ता, इण्डोनेशियाको सुलावेसी द्विपमा आएको भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या ३ सय ८४ पुगेको छ ।

गएराती उक्त द्वीपमा ७.५ रेक्टर स्केल तीब्रताको भूकम्प आएको थियो ।

अधिकारीहरुले मृतकको संख्या अझै बढने बताएका छन् ।

सुनामीका कारण कैयन घर र वासिन्दा समुन्द्रमा हराएका छन् ।

सरकाले तत्कालै सुनामीको खतरा रहेको बताउँदै नागरिकहरुलाई सुरक्षित स्थनमा जान भनेपनि कतिपयले चेतावनीलाई हलुकारुपमा लिएका कारण बढी क्षति भएको आपदा शमन एजेन्सी बिएनपीबीका प्रवक्ता सुतोपो पुरावो नुगरोहोले पत्रकार सम्मेलनमा बताएका छन् ।

सुनामीपछि सुलावेसी क्षेत्र मृत्युको टापुको परिणत भएको छ । समाचार एजेन्सीहरुका अनुसार, बिहान सडकभरि लासैलास थिए ।

सुनामीका कारण हजारौं घर, अस्पताल, शपिङ मल र होटेलहरुलाई ठूलो क्षति पुगेको छ ।

कैयन स्थानका पुल भत्किएका छन् भने भूस्खलनका कारण यी स्थानहरु म्ुख्य राजमार्गबाट सम्बन्धविच्छेद हुन पुगेका छन् ।

ऋधिकारीहरुले भग्नावेशबाट अझै कैयन व्यक्तिलाई निकाल्न नसकिएको बताएका छन् । अनुमान अनुसार ५ सय बढी घाइते भएका छन् । बिभिन्न स्थानमा अस्थायी शिविरि लगाएर घाइतेको उपचार भइरहेको छ ।

अहिले उपचारको जिम्मा सेनाले लिएको छ । बिजुली नहुँदा उद्धार कार्यमा ठूलो समस्या देखिएको छ ।

सुनामीको लहर ८० किलोमिटर टाढाको पलु शहरमा पनि परेको छ ।
यसअघि गत अगस्त १८ तारिखका दिन लम्बोक टापुमा आएको भूकम्पमा परी ५५५ जना भन्दा बढीको मृत्यु भएको थियो ।

इण्डोनेशिया भूकम्पबाट अत्यधिक प्रभावित हुने क्षेत्रमा पर्दछ ।

हिजो रातीको भूकम्पबाट भएको पूर्ण क्षतिको विवरण आउन अझै केही दिन लाग्ने देखिन्छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।