बारा समाचारमुख्य समाचार

कलैया उपमहानरपालिका वडा नं. ९ मा रक्सी बेच्न र खानमा रोक, जुवातास खेल्नेलाई कारवाही हुने

कलैया उपमहानरपालिका वडा नं. ९ ले शुत्रबार एक बिज्ञप्ति जारी गरी रक्सी बेच्न, खान तथा जुवातास खेल्नमा प्रतिबन्ध लगाएको छ ।

वडा नं. ९ मा रक्सी खाने र जुवातास खेल्नेको संखयामा बृद्धि भएको हुँदा यस्तो निणर्य गर्नु परेको वडाअध्यक्ष डा. अख्तर आलम अंसारीले बताए ।

रक्सी र जुवातासको लतले घर–घरमा झैभगडा बढेको छ र यस निणर्यले समाजमा सकारात्मक परिवर्तन ल्याउँने अंसारी बताए ।

वडा कार्यालयको निणर्य नमानी अटेरी गरी रक्सी बेच्ने, खाने र जुवातास खेल्ने माथि प्रचलित कानुन अनुसार सजाय हुने बिज्ञप्तिमा जनाइएको छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।