वीरगञ्ज : सुतिरहेका साहलार्इ लक्षित गरी ४ राउण्ड गोली प्रहार

वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा गोली चलेको छ । शनिबार बिहान करिब २ बजे नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत मदनप्रसाद साहलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको हो ।

एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली प्रहार गरेपनि उनी सकुशल छन् । स्थानीयले गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी सत्यनारायण थापाले घटनाको अनुसन्धान सुरु गरेको बताए ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।