बारामा हुकिङ्ग गरि बिधुत चोरि गर्ने ६४ जना पक्राउ

नेपाल बिधुत प्राधिकरण बितरण शाखा कलैयाको टोलिले बाराको विभिन्न ठाउहरुमा बिधुत चुहावट गरिरहेको ६४ जनालाई पक्राउ गरिएको प्राधिकरणले जनाएका छन ।

बिधुत प्राधिकरण बितरण केन्द्र कलैयाको प्रमुख गजेन्द्र चौधरिको अगुवाइमा रहेको प्राधिकरण र नेपाल प्रहरीको संयुक्त टोलिले बिधुत चुहावट गरिरहेको ६४ जनालाई पक्राउ गरिएको छ ।

नेपाल बिधुत प्राधिकरणको टोलिले आज बाराको चिउटाहा , भगवानपुर पटेर्वा , रुपौलिया , पटेर्वा , गढहल ,बारागढी गाउपालिका अन्तर्गतको सिरपुरा लगायतको क्षेत्रमा हुकिङ्ग गरि बिधुत चुहावट गरिरहेको समयमा पक्राउ गरिएको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र कलैयाको लेखा अधिकृत श्री राम खडकाले बताए ।

जिलामा बढदै गएको बिधुत चुहावटलाई नियन्त्रण गर्न प्राधिकरणले रात र दिनमा पनि प्राधिकरणले निगरानी बढाईएको लेखा अधिकृत खडकाले बताए ।

बारामा नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र कलैयाको ५५ करोड ५० लाख रुपैया बक्यौता उठाउन हालसम्म बाकी रहेको वहाले बताए ।त्यसैगरी बिधुत चुहावट गरिरहेको ब्यक्ति बाट साउन देखी यता असोज ११ सम्म बारामा मात्र ३३ लाख ३८ हजार दण्ड जरिवाना असुली गरिसकेको वहाले जानकारी गराए ।

पक्राउ परेकालाई दण्ड जरिवना असुल गर्दै छाडने नेपाल बिधुत प्राधिकरणको लेखा अधिकृत श्री राम खडकाले बताए । बारामा नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र कलैया उप शाखा बाट ५० हजार घरधुरी बिधुत सेवा लिईरहेका छन ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।