रौतहटमा झडप हुँदा प्रहरीद्वारा २० राउण्ड हवाई फायर

 गरुडा–९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप भएको छ ।

बुधबार बागमती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ ।

त्यस्तै प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ । झडपमा केहि प्रहरी र स्थानीय समेत घाइते भएका छन् ।

गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।