बारा समाचार

गंजभवानीपुरमा नगर उधोग वाणिज्य संघ

बाराको महागढिमाई नगरपालिका वडा नम्वर १० गंजभवानीपुर उधोग वाणिज्य संघ शाखालाई नगर उधोग वाणिज्य सँघमा घोषणा भएकाो छ ।
उधोग वाणिज्य सँघ बाराका निर्वतमान अध्यक्ष विनोद साहको अध्यक्षतामा शनिवार एक कार्यक्रमको आयोजना गरि नगर उधोग वाणिज्य सँघको घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष साहले शाखालाई विघटन गर्दै नगर उधोग वाणिज्य संघको घोषणा गरेका छन । गंजभवानीपुर उधोग वाणिज्य सघ शाखालाई विघटनै गदै रुस्तम असारीको अध्यक्षतामा २५ सदस्यी तर्थथ समितिको घोषण समेत गरेका छन ।……………. बाईट छ बारा उधोग वाणिज्य सँघ अध्यक्ष विनोद साह
नवगठित नगर उधोग वाणिज्य संघ तर्दथ समितिलाई सपथ ग्रहण समेत अध्यक्ष साहले गराएका थिए ।
व्यापारीको हकहितको लागि उधोग वाणिज्य संघ सदैव तयार रहने बताएका छन । नगर उधोग वाणिज्य संघ गंजभावनीपुरमा करिव एक हजार व्यापारी आवद्धता रहेका छन ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्धय शारदाशंकर साह, ज्वाला साह, करैयामाई गाउपालिका अध्यक्ष भुनेश्वर धामी, वडाध्यक्ष ४ का मुरारी यादव, वडाध्यक्ष ३ का उपेन्द्र प्रसाद जैयसवाल, वडा १० का चन्दन कुमार, वडा ११ शकर यादव लगायतको सहभागिता रहेको थियो ।

Back to top button
Close