बारा समाचार

विदेशी शक्तिको सामुने घुडा टेकेकोले नेपाली भुमिको नक्साङ्गन भारतमा

समाजिक संजालमा भारतले जारी गरेको नक्सा बारे विरोध हुन थालेको छ । नेपाली भुभाग भारतले आफनो नक्सामा समावेश गरेको देखेर नेपाली जनता नै तरङ्गित भएका छन । देशभरि भारतको नक्सा बारे सर्वत्र विरोध भईरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला समिति सदस्य एव कलैया उपमहानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष युवा नेता जलालउदिन मसुरले नेपाली राजनिति शाहिकाल देखि नै विदेशी शक्तिको सामु हमेशा घुडा टेकेकोले यस्तो अवस्था सृजना भएकाो हो । समय मै सवै राजनितिक दल सचेत भएन भने विदेशी शक्ति हावी हुन बेर लाग्ने छैन, उनले बताए ।

राजा पृथ्वीनारायण शाहले एक एक भुमि जोडि सिङ्गो नेपालको निमार्ण गरे, सवै नेपाली देशका रक्षक हुन । हामी अरुको देशमा आखा लगाउन जादैनो र कोहि हाम्रो देशमा आखा लगाउन चाहयो भने कोहि नेपालीले जनता नछाडने वडाध्यक्ष मसुरले बताए ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गदै कालापानी नेपाली भुभागमा पर्ने दावी समेत गरेको छ । प्रष्ट विज्ञप्ति जारी नभएकोले सरकारको समाजिक संजालमा घोर भत्सर्ना समेत भएको छ ।

Back to top button
Close