देश

बालविवाह सम्बन्धी पुरोहित र ब्राहमणको प्रशिक्षण कार्यक्रम

प्रहरी कार्यलय मुगुले बालविवाह सम्बन्धी पुरोहित र ब्राहमणको एकदिने प्रशिक्षण कार्यक्रमको आयोजन गरेको छ ।
प्रहरी कार्यक्रलको सभा हलमा बुधवार प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेको अध्यक्षतामा बालविवाह सम्बन्धी पुरोहित र ब्राहमणको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
बालविवाह देश मै विकराल समस्याको रुपमा रहेकोले यसको निराकरण गर्न पुरोहित र ब्राहमण समाजलाई प्रशिक्षण दिईएको प्रहरी कार्यलय मुगुका प्रमुख भुवनेश्वर प्रसाद साहले जानकारी गराएका छन ।
प्रशिक्षण कार्यक्रममा सहभागि भएका ३५ जना पुरोहित र ब्राहमण समाजलाई बालविवाहबाट हुने शारिरिक, मानसिक, मनोवैज्ञानिक, प्रजनन सम्बन्धी हुने असर बारे प्रशिक्षण प्रहरी प्रमुख साहले दिएका थिए ।
बालविवाह न्युनिकरण गर्नको लागि परिच्छेद ११ बहुविवाह सम्बन्धी कसुर १७३ बालविवाह गर्न नहुने र उपदफा १ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ वर्ष सम्म कैद र ३० हजार जरिवाना हुने प्रहरी प्रमुख साहले जानकारी गराए ।
प्राय बालविवाह र वहुविवाह घरपरिवार, पुरोहित र ब्राहमणको लापरवाहिले भईरहेको तथ्याकले बताउने गरेको नागरिक समाजका अध्यक्ष रुप वहादुर मल्लले बताएका छन । विकराल समस्यालाई न्युनिकरण गर्न सवै तहतप्काबाट लाग्नु पर्ने उनले सुझाएका थिए ।
अहिले सम्म धर्म ग्रन्थको हिसावले विवाह गराउदै आएको तर अव यस कार्यक्रमबाट धेरै ऐन कानुन बारे जानेकोले वहुविवाह नगराउने सहभागि भएका ब्राहमणले प्रतिवद्धता गरेका थिए ।

Back to top button
Close