पत्रपत्रिकामधेश बिशेषमुख्य समाचार

जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध

काठमान्डाैं / सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ ।

गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १०० मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो । रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पु¥याएको थियो । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।

Back to top button
Close