बारा समाचारमुख्य समाचार

पञ्चवर्षिय गढीमाई मेलाको विवाद समाधान

बाराको महागढीमाई नगरपालिका स्थित बरियारपुरमा रहेको बलिमा विश्व प्रसिद्ध गढीमाई मेलाको संचालनको विषयमा लामो समय देखि हुदै आएको विवाद समाधान भएको छ । महागढीमाई नगरपालिका बरियारपुरले गढीमाई मन्दिर परिसरमा सोमबार पत्रकार सम्मेलन गरी नगरपालिका र मन्दिर सञ्चालन तथा विकास समिति बिच सहमति भएको जनाएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र प्रहरी उपरिक्षक विकासराज खनालको पहलमा महागढीमाई नगरपालिकाको कार्यालय बरियारपुरमा आईतबार रातभरि छलफल गरि दुबै पक्षले सात बु“दे सहमति भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।
नगरपालिकाद्धारा वडा नम्बर १ का वडाध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा गठित पञ्चवर्षीय गढीमाई मेला मूल व्यवस्थापन समितिमा मन्दिर संचालन तथा विकास समितिबाट उपाध्यक्षमा दुई जनाको नाम समावेश गर्ने, मेलाबाट उठेको रकम व्यवस्थापन गर्न नगरपालिका र समितिको तर्फबाट दुई दुई जनाको नाममा संयक्त बैक खाता खोली सो खातामा मेलाबाट हुने आम्दानीको रकम राख्ने, मेला संचालनको लागि गठित विभिन्न उपसमिति मध्ये मनोरन्जन उपसमितिको गठन नगरपालिकाको भागमा र जग्गा व्यवस्थापन उपसमितिको गठन मन्दिर संचालन तथा विकास समितिको भागमा पर्ने सहितका सात बुंदे सहमति भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन । मेलालाई सु–व्यवस्थित रुपमा संचालन गर्ने दायित्व दुबै पक्षको हुने, मेला संचालनको लागि गठित समिति उपसमिति तथा अन्य निकायमा रहने पदाधिकारी तथा सदस्यहरुले नगरपालिकाको निति निर्देशन पूर्ण रुपमा पालना गर्नु पर्ने सहमित भएको छ ।

मेलालाई सभ्य र भव्य लगाउन आफू लागि परेको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पत्रकार सम्मेलनमा बताए । महिनौ देखि मेला लगाउने विवाद हु“दै आएको थियो तर प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको मध्यस्थतामा सात बु“दे सहमति गरी विवाद समाधान भएको नगरप्रमुख यादवले पत्रकार सम्मेलनमा जानकारी गराए । गढीमाई मन्दिर संचालन तथा विकास समितिका पदाधिकारीहरु बाहिरी मान्छेहरुको उक्साहटमा लागेर महागढीमाई नगरपालिकाले गर्ने कार्यहरुको बारेमा राम्रो स“ग जानकारी नभएर विवाद गर्न खोजेको तर दुबै पक्ष प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा विवाद समाधान भई सहमति भएको बताए । समिति र नगरपालिका बीच भएको सहमतिले मेलाको गरिमा थप बढेको र यसले मेलामा आउने श्रद्धालुहरुको सेवा सत्कार तथा मेलामा आउने व्यापारीको अन्यौलता समाप्त हुनमा आफू विश्वस्त भएको नगर प्रमुख यादवले बताए ।

मेला लगाउने विषयमा देखिदै आएको आएको विवाद समाधान भएको र आफुहरु सांत बुंदे सहमति पत्रमा हस्ताक्षर गरेको बताउंदै मेलालाई सभ्य भब्य बनाउन मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले आग्रह गरे । यस वर्षको पञ्चवर्षीय गढीमाई मेलालाई अन्य वर्षको भन्दा राम्रो स“ग लगाउन र मेलाको बारेमा राम्रो सन्देश दिनको लागि नगरपालिकास“ग सहमति गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष साहले बताए । मंसिर १७ र १८ गते बलि दिइने मेला आयोजकले जनाएको छ । मेला संचालन गर्ने विषयमा महागढीमाई नगरपालिकाको कार्यालय र गढीमाई मन्दिर संचालन तथा विकास समिति बीच लामो समय देखि विवाद हु“दै आएकोमा दुबै पक्ष मेला संयुक्त रुपमा संचालन गर्न सहमत भएका छन् । मंसिर १ गते देखि एक महिना सम्म लाग्ने पञ्चवर्षीय गढीमाई मेला संचालनको विषयलाई लिएर नगरपालिका र मन्दिर संचालन तथा विकास समिति बीच हु“दै आएको विवाद समाधान भएको छ । विगत केही दिन देखि समिति र नगरपालिका बीच मेला लगाउने विषयलाई लिएर विवाद हु“दै आएको थियो ।

ट्यागहरू
Back to top button
Close