बारा समाचारमुख्य समाचार

छठपर्वको अवसरमा बजारमा बढ्यो चहल–पहल

हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठपर्वको अवसरमा बारा–पर्साको बिभिन्न स्थानका बजारहरुमा निँकै नैं चहल–पहल बढेको छ । बिहान देखि बेलुका सम्मन् बजारमा ब्रतालुहरुको भिड् निँकै नैं बढेको देखिन पाइएको छ ।

छठपर्वको तैयारीमा किनमेल गर्नका लागि यस क्षेत्रको बजारहरुमा अवस्थित कपडको बिभिन्न पसलहरुमा कपड किन्नका निम्ति भिड् बढेको छ । एकातिर छठ ब्रतालु महिलाहरु साड्ी किनमेल गर्दै छन् , भने अर्कातिर बाल–बालिका र पुरुषहरु पनि नयाँ कपडको किनमेल गरिरहेका छन् ।

बजारहरुमा बाल–बालिका , महिला , पुरुष तथा युवक र युवतीहरुको बढ्दै गएको भिड्ले गर्दा सड्क जामको समस्या समेत उत्पन्न भइरहेकोले सो समस्याको सामाधानका लागि हरेक ठाउँमा प्रहरी परिचालन गरिएको छ ।

बाराको सदरमुकाम कलैया बजार , जीतपुर स्थित गुदरी बजार , सिमरा बजार , निजगढ , परवानीपुर , गंजभवानीपुर , बरियारपुर , सिम्रौनगढ , नितनपुर , बिरगंज , पोखरिया लगायतको बिभिन्न स्थानको बजारहरुमा पनि छठ पर्वको अवसरमा भिड्–भाड् लागेको छ ।

बिभिन्न स्थानहरुको सड्कको चौंडाइ कम हुँदा पनि छठसँग सम्बन्धित आवश्यक सामग्रीहरुलाइ सड्क छेउ किनारमा राखेर बिक्री गर्दा जामको समस्या समेत उत्पन्न भइरहेको देखिन्छ ।

तर , पनि जामको समस्यालाइ सामाधान गर्नको निम्ति प्रहरी–प्रशासनहरु जुटेको भएपनि जामको समस्या भने हल हँुन सकेको छैन् । दउरा ( टोकरी ) , सुपली , नाङ्गलो , माटोबाट बनाइएको भाँडा बर्तन लगायतका बिभिन्न सामग्रीको खरीदारी गर्नको निम्ति छठव्रतालुहरु बजारमा आउँने गरेका छन् ।

सोमवार बेलुकी हँुने खरना पूजाको लागी माटोको चूल्हो आइतवार सम्मन्मा बनाएर तैयार गरिएको छ , भने छठपर्वको तैयारीको लागी छठव्रतालुहरुले गहूँ धोएर सुखाउँने काम गरेर पिठो पिधाउँने काम पनि भइरहेको देखिन्छ ।

छठपर्वको अवसरको मौकामा लौकाको मूल्यामा बृद्धि भएको छ । आइतवार छठपर्वको पहिलो दिन नुहाई–धुवाई गरी शुरु हुँने पूजाको लागी लौकाको मूल्यमा शनिवार देखि नैं बृद्धि भएको छ । गोलो आकारको लौकाको मूल्य रु.एक सय देखि एक सय पचास रुपैयाँ छ , भने लामो लौकाको मूल्य रु.९० देखि एक सय बीस रुपैयाँमा बिक्री भइरहेको स्थानीय ब्यापारीहरु बताउँ छन् ।

छठ पर्वमा बजारमा अहिले लौकाको साथै छठपर्वमा फल–फुलको बढ्दै गएको माँग सँगसँगै फलफुलको मूल्यमा पनि बृद्धि भएको छ । ब्यापारीहरुका अनुसार स्याउ प्रतिकिलो रु.८० देखि १५० , अनार रु.२ सय देखि २ सय पचास , सुन्तला रु.८० देखि ९० , केरा रु.५० देखि ६० रुपियाँ दर्जनको दरले र सिंङ्गडा सय रुपैयाँका दरले बिक्री बितरण भइरहेको ब्यापारीले बताएका छन् ।

शहरको बिभिन्न बजारमा फल–फुल पसलहरुमा काश्मीर , नासिक सहिँत बिदेशको बिभिन्न स्थानहरुबाट भारी मात्रामा फलफुलहरु निर्यात गरिएको स्थानीय फलफुल ब्यवसायी बिरेन्द्र साहले जानकारी दिएका छन् ।

त्यसैगरी छठ पर्व गर्नाका लागि मध्य तराई मधेशको बिभिन्न स्थानमा छठ घाटको निर्माण कार्य पनि भइरहेको छ । पूजाका लागि बाराको जीतपुर स्थित रातोपुल , खालकाटोला , बकुलिया , सदरमुकाम कलैया स्थित रामजानकी मठ , सिद्धेश्वर मंदिर परिसर , बरेवाको छठ घाट , बरियारपुर , सिम्रौनगढ , गंजभवानीपुर , सिमरा , बजनी , निजगढ लगायतको बिभिन्न छठ घाटमा बिभिन्न पण्डाल , झालर बत्तीले दुलही झैं सिंङ्गारिएको छ ।

छठ ब्रतालुले सोमवार दिनभर निरहार ब्रत बसी बेलुकी रसियाव रोटी बनाएर अरना गर्ने छन् । मंगलवार भने अस्ताउँदै गरेको सूर्यलाइ अर्घ दिने छन् र बुधवार बिहान उदाउँदै गरेको सूर्यलाइ अर्घ दिएर छठ पर्व समापन हुँने छ । सन्तान तथा चम्र रोग निको हुँने धार्मिक मान्यता रहेको स्थानीय ब्राह्मण पवनेश शास्तीले बताए ।

Back to top button
Close