बारा समाचार

सिद्धेश्वर मन्दिरको बृहद सरसफाई

छठको अवसरमा घाटहरुको बृहद सरसफाई गरिएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ मा अवस्थित सिद्धेश्वर मन्दिरमा विहिवार स्थानिय समाजसेवी मिलेर छठ घाट, मन्दिर लगायतको सरसफाई गरि छठ पुजाको तयारी तिब्र रुपमा गरेका छन ।

हरेक वर्ष झै यस बर्ष पनि खोला,–नाला र तलाउ मन्दिरलाई सरसफाई गरि बेहुली झै सिघारिएको छ । सिद्धेश्वर मन्दिरमा सरसफाई गरि पण्डाल, झालर बत्ति लगाई छठ पुजा गर्न व्रत्तालुहरुको लागि पुजा स्थाल निर्माण भईरहेको छ ।
छठको बेला सम्पुर्ण हिन्दु समुदायका व्यक्तिहरु सवै एकजुट भई मन्दिर लगायत घाटको सरसफाई गर्ने गरेको स्थानिय समाजसेवी मुक्तिनाथ तिवारीले बताएका छन । हामी सानो हुदा देखि नै हाम्रा पुर्खाको पाला देखि नै सामुहिक रुपमा सरसफाई गरि छठ मनाउदै आएको तिवारी बताउछन ।

विधालय लगायत सम्बन्धित निकायले बेवास्ता गर्दा हामी स्थानिय युवा समाजसेवीलाई डाकेर मन्दिर छठ घाटको सरसफाई गरेको युवा समाजसेवी एव बारा बास्केटबल सँघका अध्यक्ष हरिओम साहले बताए । छठ पुजा गर्दा मागेको जनविश्वास रहदै आएकोले हामी युवा पुर्खाके धरोहरलाई बचाउन आफै लागिपरेको साह बताउछन ।

बारा बास्केटबल सँघका अध्यक्ष हरिओम साहको अगुवाईमा छठ घाट सरसफाईमा महिन्द्रनाथ शर्मा, रामजी राउत, सन्जोग शर्मा, छविरमण सुवेदि, सुर्याराज पासवान, संजय गुप्ता, सुरज तिवारी, सिताराम साह, विवेक तिवारी, अभिषेक तिवारी, विश्वास तिवारी, सनी कुमार, शषि कुमार, अनिकेत कुमार, प्रकाश कुमार, भिम कुमार, निखिल कुमार पप्पु कुमार, मौजे कुमार लगायतको सहभागिता रहेको थियो ।

Back to top button
Close