बारा समाचारमुख्य समाचार

बारामा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी

बाराको आदर्श कोतवाल गाँउपालिका वडा नंं. ४ इनर्वामालका ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी प्रयास भएको छ ।

आदर्श कोतवाल गाउपालिका ४ ईनरवाका ४५ बर्षका शेख ईसराईलले स्थानीय ४ वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । शेख ईशराईल घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनर्वामालमा एक व्यक्तिको घर निर्माण गरिरहेको स्थानमा ति ४ बार्षिय बालिका एकलै खेलदै गरेको मौका छोपी ईशराईलले सोही बालिकालाई करणीको प्रयास गरेर छोडेको थियो ।

बालिकाकी आमा आफनो बच्चालाई खोजतलास गदै जर्दा ति बालिका रोए कराइरहेको आवस्थामा आमाले फेला गरेको थियो । घटनाको बारेमा स्थानिय चिउटाहा प्रहरी चौकीलाई सो घटनाको बारे जानकारी हुर्न साथ प्रहरी अरोपीत ईसराईलको घरमा खोजतलास गर्दा आरोपी फरार भएको प्रहरीले जनाएको छ ।

बारा प्रहरी प्रवक्ता डिएसपी रंजितसिंह राठौरले घटनाको पुष्टी गर्दै पिडिताको जिल्ला अस्पताल कलैयामा बुधवार साँझ स्वास्थ परीक्षणसमेत भइसकेको जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको तथा फरार घटनाका आरोपी शेख ईहराईलको खाजी कार्य जारी रहेको डिएसपी राठौरले जनकारी दिए ।

श्रोत
Sajhedari News
Back to top button
Close