देशपत्रपत्रिकामुख्य समाचार

ग्रान्डीमा प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस

प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरियो ।

आजको कान्तिपुर दैनिकमा खबर छ – प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्यसिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ ।

अस्पताल प्रशासनले प्रधानमन्त्रीको विषयमा औपचारिक जानकारी दिन चाहेको छैन ।

Back to top button
Close