खेल समाचार

आईसीसीको नयाँ टी–२० वरीयता : नेपाल १२औँ स्थानमा उक्लियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले गएको पछिल्लोपटक अद्यावधिक गरेको टी–२०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो । अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा रहेको थियो । नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोसियट राष्ट्रमध्यको टी–२० वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।

Back to top button
Close