देशबारा समाचारमुख्य समाचार

अमलेखगन्ज चितवन ग्यास पाइपलाइन सर्भे शुभारम्भ

अमलेखगन्ज चितवनसम्म ग्यास पाइपलाइन परियोजनाको सर्भेको  शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पिलर गाडेर शुभारम्भ गर्नुभएको छ ।

बाराको अमलेखगन्जमा  आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफू भाषण भन्दा पनि काममा  बढी विस्वास गर्ने  बताउनुभयो । उहाँले विगतमा भारतबाट अमलेखगञ्ज सम्मको पेट्रोलियम पाइप लाइन निर्माण ३० महिनामा  सक्ने लक्ष्रय राखेकोमा सो काम  १५ महिनामा  पूरा भएको तथा अहिले शत प्रतिशत तेल पाइपबाट आइरहेको बताउनुभयो । अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइनको दुरी ६२ किलोमिटरको हुनेछ। एलपिजी ग्यास पाइपलाइन चितवनदेखि अमलेखगञ्ज हुँदै मोतिहारीसम्म ९८ किलोमिटर दुरीको हुने निगमले जनाएको छ।

पाइपलाइन निर्माण भएपछि प्रतिघण्टा पेट्रोलियम पदार्थ २९० किलोलिटर ढुवानी गर्न सकिन्छ भने करिब एक सय टन प्रतिघण्टा ग्यास ढुवानी गर्न सकिन्छ। लोथरमा पेट्रोलियम पदार्थ एक लाख किलोलिटर र २० हजार मेक्ट्रिकटन ग्यास भण्डारण क्षमताको ठाउँ बनाइने निगमको तयारी छ।

सो कार्यक्रम नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

श्रोत
Chakrapath
ट्यागहरू
Back to top button
Close