पर्सा समाचारमुख्य समाचार

मेनरोड २५-२५ मिटर सडक फराकिलो पार्नु पार्ने भन्दै वीरगंजका युवाद्वारा हस्ताक्षर अभियान

वीरगंज विकास युवा संघर्ष समितिद्वारा आज वीरगन्जको घण्टाघर स्थित हस्ताक्षर अभियान सुरु गरेका छन ।

त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५-२५ मिटर सडक फराकिलो पार्नु पार्ने भन्दै वीरगंज विकास युवा संघर्ष समितिद्वारा आज वीरगन्जको घण्टाघर स्थित हस्ताक्षर अभियान सुरु गरेका छन ।

आगामी कात्तिक महिनादेखि त्रिभुवन राजपथ अन्तर्गत रहेको गण्डकदेखि शंकराचार्य गेटसम्मको मुख्य सडक बिस्तार गर्ने कि नगर्ने भन्ने बारेमा अहिले पर्सेली जनता दुइ ध्रुबमा बिभाजित बनेका छन ।

मुख्य सडक फराकिलो बनाएर बिरगंजको समृद्धीको अपेक्षा आम नागरिकले गरेको भएपनि त्यसलाई अवरोध गर्न समेत यतिबेला रकमी खेल शुरु भएको छ ।

राजनीतिक दलका नेताहरुलाई समेत बन्धक बनाएर नगरका केही अमिरहरुले पर्साका सबै नागरिकको बिकास प्रतिको अपेक्षालाई तुषारापात गरेको भन्दै बीरगंजका बिकस संघर्ष समितीले आन्दोलन थालनी गरेका छन भने माननीय मन्त्री रघुबिर महासेठलाई समेत बिकासमा अवरोध नगर्न र खुट्टा नकमाउन आग्रह गरेपछि सडक बिस्तार गर्नहुन्न भन्ने नाममा रोजीरोटी चलाइरहेका केही बाधकहरुलाई अव जनताले ने नागेंझार पार्ने चेतावनी समेत जुलुसमा सहभागिहरुले दिन थालेपछि पर्सेली जनता बिकासको पक्ष र बाधकको रुपमा बिभाजित बन्न जाने सम्भावना बढेर जान थालेको हो ।

केहि दिन अगाडी वीरगंज विकास युवा संघर्ष समितिले वीरगंज महानगरपालिका वडा नं. १० ठाकुर राम बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको बैठकले वीरगंजको मेन रोड फराकिलो पार्न दबाव दिन असोज २३ गते बिहिबार दिउँसो ४ बजे वीरगंजको घण्टाघर बिरोध प्रदर्शन र माईस्थानमा १ घण्टा चक्काजाम समेत गरेका थिए ।

वीरगंजको बिकास बिरोधी र बाटो फरकिलो पार्नु हुन्न भन्ने दलालहरुको बिरुधमा वीरगंजका युवाहरू बिरोध पर्दशन तथा चक्का जाम गरेको संघर्ष समितिका अकलेस साहले बताए ।

वीरगंज विकास युवा संघर्ष समितिद्वारा आज वीरगन्जको घण्टाघर स्थित हस्ताक्षर अभियानमा अकलेस साह, रंजित चौरसिया, महमुद अंसारी, राकेश पटेल, धर्मेन्द्र पटेल, सरण कलवार लगायतको उपस्थिति रहेको थियो ।

श्रोत
Yatra Daily
Back to top button
Close