बारा समाचार

भेटनरी प्रमाण सहित ५० वटा खसी बाख्रा प्रहरी नियन्त्रणमा

बाराबाट खसी बाख्रा खरिद गरि बिक्री वितरणको लागि लगिरहेको खसी बाख्रालाई पिकअप भ्यान सहित प्रहरीले आईतवार नियन्त्रणमा लिएको थियो ।

पशुरामपुरबाट ५० वटा खसी बाख्रा भेटेनरी प्रमाण सहित प्रक्रिया पुरा गरि विरगज लगिरहेको अवस्थामा कलैयाको मुख्य चौकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बा १७ च ५८६५ नम्वरको पिकअप भ्यानमा चालक सेख दाउलत र सहचालक सैख अफजलले लोड गरि लगिरहेको अवस्थामा खसी बाख्रा नियन्त्रमा लिएको मालिक खुरसेद आलमले बताएका थिए ।

प्रहरीले आईतवार पिकअप भ्यान सहित सहचालकलाई नियन्त्रणमा राखेको थियो । मुलुकी ऐन अनुसार अदालत को अदेश बिना कसैलाई २४ घन्टा भन्दा बढी थुनामा राख्न नमिल्ने उल्लेख भएपनि प्रहरीले सहचालक अफजललाई ४ दिन थुनामा राखेको आलमले बताए । विहिवार ४ लाख धरौटी राखि सहचालक अफजल रिहा भएका थिए ।

जव व्यापारीले भारतबाट नै तस्करी गरि आयात गरेको छ भने भन्सारमा चेक गर्न बसेका प्रहरीहरुले किन पक्राउ गर्न सकेको छैन, प्रहरीको दोहोरो रणनितिमा व्यापारीहरु मारमा परेको उधोग वाणिज्य सँघ बाराका विनोद साहले बताएका छन ।

खसी बाख्रा चोरी पैठारी गरि ल्याईएकोले पक्राउ पुर्जी जारी गरि पिकअप भ्यान सहित पक्राउ गरिएको प्रहरीले दाबी गर्छन ।

Back to top button
Close