अर्थदेशमुख्य समाचार

नेपाललाई ३ अर्ब ३३ करोड ऋण दिने

भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी अरेबिया सरकारको साउदी विकास कोषले ३ अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा साउदी विकास कोषका उपाध्यक्ष खालिद बिन सुलेमान अलखुदारी र अर्थ मन्त्रालयका सचिव राजन खनालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै साउदी विकास कोषका उपाध्यक्ष अलखुदारीले साउदी अरेबियाको परममित्र नेपाललाई दुःख परेका बेला सघाउनु आफ्नो कर्तव्य भएको बताउँदै नेपाल सरकारको पुनः निर्माणको प्रयासमा थोरै भए पनि सघाउन पाएकामा खुशी व्यक्त गरे ।

Back to top button
Close