बारा समाचारमुख्य समाचार

कलैया बजार बन्द हुँदा नागरिकलाई सास्ती, सामान फिर्ता भए पछि बजार खुल्यो

प्रहरीले पुर्वाग्रही रुपमा कलैया उपमहानरपालिका वडा नं. १ स्थित रहेको नवयज्ञ पुजा समाग्रिमा छापामारी गरेको बिरुद्धमा किराना ब्यवसायी संघ बाराले कलैया बजार बन्द गराएका छन् ।

गोदाममा भण्डारण गरी राखिएको छुहारा प्रहरीले छापामारी गरी त्याहाँबाट जिल्ला प्रहरी कार्यालयमा लगेको हुँदा ब्यापारीहरु आक्रोशित भई प्रहरीको बिरुद्धमा बिहानै देखि बजार बन्द गरेको किराना ब्यवससायी संघका जिल्ला अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए ।

छुहाराको भ्याट बिल, आँनलाईन बिलिङ्ग समेत रहेको अवस्थामा प्रहरीले छापामारी गरी सामान बलजफ्ती नियन्त्रणमा लिएको हुँदा ब्यापारीहरु त्रसित बनेका थिएका थिए । बिल हुँदाहुदै गोदाममा छापामारी गरि सामान नियन्त्रण लिनु आपत्तिजनक रहेको नवयज्ञ पुजा समाग्रिका संचालक दिनेश पाण्डेले बताए ।

बारा उधोग बाणिज्य संघका अध्यक्ष बिनोद साह, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलसंग छापा मारीको बिषयमा शुक्रबार बेलुका सरोकारवाला निकायको रोहबरमा गोदाममा शनिबार बिहाँन ८ बजे चेकजाँच गर्ने, अबैध ठहरीए जब्त गर्ने, बैधानिक भए गोदामबाट सामान उठाँउन नपाउँने सहमति भएपनि सो बिपरित प्रहरीले शनिबार बिहाँन करिब ६ बजे तिर नै सो गोदाममा छापामारी गरी सामान नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा लगेकोमा अध्यक्ष साहले सोको बिरोध गरेका छन् ।

सदरमुकाम कलैयामा पसलहरु बन्द हुँदा नागरिकलाई निकै सास्ती भएको छ । यसैबिच किराना ब्यावसायी, बारा उधोग बाणिज्य संघका अध्यक्ष बिनोद साह, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पाखरेल, प्रहरी उपरिक्षक बिकासराज खनालसंग भएको बार्ताले नियन्त्रणमा लिइएको ३० बोरा छुहारा संचालक पाण्डेलाई जिम्मा लगाउँने सहमतिपछि कलैयाबजार खोल्ने निर्णय भएको उधोग बाणिज्य संघका अध्यक्ष साहले जानकारी दिए । बिलका बारेमा आन्तरिक राजस्व कार्यालयले छानबिन गर्ने भएका छन् । निर्णय संगै कलैया बजार खुलेका छन् ।

Back to top button
Close