धनुषा समाचार

नौ वटा मोटरसाइकलमा एकैसाथ आगजनी

धनुषाको जनकनन्दनी गाउँपालिका–३ स्थित प्रखे महुवामा पार्किङ गरेर राखिएका ९ मोटरसाइकल र ३ वटा साइकलमा आगजनी गरिएको छ ।

बिहीबार बिहान पार्किङमा राखिएका ती मोटरसाइकमा एकैसाथ आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट सबै मोटरसाइकल पूर्णरुपमा नष्ट भएको छ ।

आगजनी गरिएका मोटरसाइकलमा ज ९ प ७६२५, स १ प ४३८१, स ८ प ७७१८, ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरका छन् । यस्तै जलेका भारतीय मोटरसाइकलमा बीआर ३२ एन ५३३९, बीआर ३२ एफ ९३००, बीआर ३२ भी ३०८४, बीआर ३२ एफ ६०७८ नम्बरका छन् । मोटरसाइकमा आगजनी कसले गरेको हो भन्ने खुलेको छैन ।

श्रोत
Kathmandu Today
Back to top button
Close