अन्तर्राष्ट्रियमुख्य समाचार

‘इन्धनको मूल्य कल्पनै गर्न नसक्ने गरी बढ्छ’

साउदी अरेबियाका युवराजको चेतावनी

साउदी अरेबियाका युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) ले विश्व बजारमा तेलको मूल्य कल्पना गरे भन्दा धेरैले बढ्न सक्ने चेतावनी दिएका छन् । इरान विश्वका लागि खतरा रहेको र विश्व समुदाय इरानलाई रोक्नका लागि तत्काल सक्रिय नभएमा तेलको मूल्य अत्याधिक मात्रामा बढ्ने तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने बताएका हुन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएसको ‘सिक्सटी मिनेट’ कार्यक्रमका लागि दिएको अन्तर्वार्ताको क्रममा साउदी युवराज एमबिएसले इरानका गतिविधि भड्काउ र खतरनाक रहेको तर आफू त्यसको समाधानका लागि सैन्य विकल्पको सट्टा राजनीतिक या कूटनीतिक समाधानकै पक्षमा रहेको बताएका छन् ।

श्रोत
Desh Sanchar
Back to top button
Close