मनोरंजन

तेलुगु फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन

मुम्बई – तेलुगु फिल्म उद्योगका लोकप्रिय हास्यकलाकार वेणु माधवको निधन भएको छ । उनको उपचारका क्रममा भारतको एक निजी अस्पतालमा ३९ वर्षको उमेरमा निधन भएको हो ।

तेलुगु फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन

भारतीय सञ्चारमाध्यमका अनुसार उनी लामो समयदेखि बिरामी थिए । अस्पताल भर्ना भएका माधवको बुधबार मध्यान्ह १२ः२० बजे निधन भएको हो ।

मिर्गौला र कलेजोमा समस्या देखिएपछि माधवलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था नाजुक थियो ।

माधव बिरामी भएपछि फिल्म क्षेत्रबाट टाढा थिए । उनले तमिल र तेलुगु फिल्ममा अभिनय गरेका छन् । वेणुले मिमिक्री कलाकारका रुपमा आफ्नो करिअर शुरु गरेका थिए । पछि उनले फिल्म क्षेत्रमा कदम राखेका थिए ।

झण्डै २ सय फिल्ममा अभिनय गरेका माधवले पछिल्लो वर्ष राजनीतिमा पनि रुचि देखाएका थिए । उनी तेलुगु देशम पार्टीको चुनाव प्रचारमा पनि जुटेका थिए ।

Back to top button
Close