अर्थदेशमुख्य समाचार

कृषि विकास बैंक ह्याकिङमा बैंककै कर्मचारीको संलग्नता !

काठमाडौँ । कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर ४ करोड रकम चोरी गर्दैगर्दा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । रकम चोरी प्रकरणमा ७ जनाको प्रत्यक्ष संलग्नता रहेकोसमेत पुष्टी भएको छ ।

सोमबार र मङ्गलबार बैङ्कबाट अस्वभाविकरुपमा ट्रान्ज्याक्सन भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो ।

कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको हो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले बैंक सिस्टम हृयाकिङ प्रकरणमा उक्त बैंककै कर्मचारीको संलग्नता रहेको आशंका गरिएको छ । यस प्रकरणमा जोडिएको आशंका गर्दै प्रहरीले ११ जनालाई विभिन्न ठाउँहरुबाट पक्राउ गरिसकेको छ ।

तर अनुसन्धान प्रक्रिया भर्खरमात्रै शुरु भएको भन्दै प्रहरीले यस बारेमा मुख खोलेको छैन । राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानका क्रममा भने बैंककै कर्मचारीहरुको संलग्नता देखिएको एक अधिकारीले बताए ।

‘यो प्रकरणमा बैंककै कम्प्युटर समेत प्रयोग गरेको देखिएको छ, फेरि बैंकको सिस्टमबारे जानकारले मात्रै यस्तो गर्न सहज छ रहेको स्रोतले बताएको छ।

प्रहरीले समातेका ११ जनामध्ये कोही बैंकका कर्मचारी हुन् वा होइनन् भन्ने खुलेको छैन ।

श्रोत
KhabarDabali
Back to top button
Close