खेल समाचार

एकदिवसीय वरियतामा नेपाल एक स्थान झर्यो

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले बुधबार सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरियतामा नेपाल एक स्थान झरेको हो ।

एक स्थान तल झरेको नेपाल १७ औं स्थानमा पुगेको छ । अघिल्लो वरियतामा नेपाल १६ औं स्थानमा रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १९ रेटीङ पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।

आईसीसीको टी-ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा रहेको छ ।

Back to top button
Close