बारा समाचारमुख्य समाचार

वडाअध्यक्ष सहनीले बालबालिका माथि हातपात गरेको आरोप

कलैया उपमहानरपालिका वडा नं. ४ का वडाअध्यक्ष जटाशंकर सहनी (मिश्री) ले वडा नं. ४ कै स्थानीय निवासी बिक्रम यादवको छोराहछोरीलाई हातपात गरेका आरोप लागेको छ ।

बुधबार साँझ बच्चाहरु खेल्ने क्रममा बच्चाहरु बिच भएको झगडा लिएर वडाअध्यक्ष सहनीले आफै छोरा मुन्ना यादव, राहुल यादव छोरी इन्दु यादवलाई कुटपिट गरेको बिक्रम यादवले आरोप लगाएका छन् ।

यता वडाअध्यक्ष सहनीले कुटपिटको आरोप निराधार भएको कलैयालाईसंग भने बच्चाहरु खेल्दै गर्दा झगडा भएपछि बिक्रम यादवका जेठो छोराले मेरो श्रीमतीलाइ कुटपिट गरेको बिरोधमा मैले दुई थप्पड हानेको सहनी बताएका छन् ।

Back to top button
Close