मुख्य समाचारराजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि लखेट्ने प्रचण्डको चेतावनी, कमल थापाले फर्काए जवाफ

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारमा पनि निकाल्ने चेतावनी दिएका छन्। धेरै बकबक गरिरहे नागार्जुनबाट निकाल्ने उनको चेतावनी थियो।

पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि लखेट्ने प्रचण्डको चेतावनी, कमल थापाले फर्काए जवाफ

सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्ने क्रममा प्रचण्डले राजा महाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको भन्दै यस्तो चेतावनी दिएका हुन्। सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने भनेर शनिबार राप्रपा अध्यक्ष कमल थापाको अभिव्यक्तिलाई जबाफ दिदैं दाहालले भने ‘धेरै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने छन्।’

दाहालको यस्तो जवाफपछि राप्रपा अध्यक्ष कमल थापाले पनि ट्वीटरमार्फत जवाफ फर्काएका छन्। उनले प्रचण्डको अभिव्यक्ति हाँस्यास्पद भन्दै सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युत्पादक हुने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्‘ पदीय मर्यादा बिपरित हाँस्यास्पद अभिव्यक्ति, असुरक्षित मनस्थितिको आक्रोश। राम्रो काम गरेर जनताको मन जित्नोस्, कसैप्रति आक्रोश देखाउनै पर्दैन। सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युत्पादक हुन सक्छ। समयमै बिचार गरौं। जनयुद्धकालीन शब्द र भाषा पनि अब सुहाउँदैन।’

Read original article on nepalpana.com

ट्यागहरू
Back to top button
Close