पर्सा समाचार

वीरगञ्जको बनस्पति उद्योगमा भीषण आगलागी

पर्सा । वीरगञ्ज महानगरपालिका–२१, लिपनीविर्तामा रहेको सुशील वनस्पती उद्योगमा आगलागी भएको छ ।

शनिबार बिहान ३ बजेदेखि आगलागी सुरु भएको र अहिलेसम्म पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

आगो निभाउन यतिखेर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानीय नागरिकको टोली आगलागीस्थलमा खटिएको छ ।

वीरगञ्ज महानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकलले आगो निभाउन प्रयास गरिरहेका छन् ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Back to top button
Close