पर्सा समाचार

वीरगञ्ज : बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बिहीबार वीरगञ्ज महानगरपालिका १४ पिप्रा बाइपास अन्तर्गतको सडकखण्डमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख २२३५ नम्बरको बसले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज १८ निवासी अफरोज मिया रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटनापछि बसका चालक फरार रहेको र बसलाई वडा प्रहरी कार्यालय श्रीपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी र्कायालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्त राम र्शमाले बताए ।

मृतक मियाको शव परिक्षणको लागि नारायणी अस्पतालमा राखिएको छ । बसको चालकको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ ।

Back to top button
Close