फिल्मी खबरमनोरंजन

फिल्म ‘स्पाइडरम्यानः फार फ्रम होम’ अनलाइनमा लिक

गत साता चीनसहितका केही एसियाली राष्ट्रमा रिलिज भएको प्रतीक्षित फिल्म ‘स्पाइडरम्यानः फार फ्रम होम’ अनलाइनमा लिक भएको छ । फिल्म अमेरिका तथा भारतमा रिलिज हुनै बाँकी छ ।

फिल्म 'स्पाइडरम्यानः फार फ्रम होम' अनलाइनमा लिक

चलचित्र चीनबाट लिक भएको अनुमान गरिएको छ । अनलाइन फाइल सेयरिङ साइटमा लिक भएको हो भने कुनै क्यामराबाट खिचिएको अनुमान गरिएको छ । अनलाइनमा १ देखी २ जिबी फाइलसाइमा चलचित्र उपलब्ध छ। यसरी लिक भएको चलचित्र पूरा अवधिको नभएको बताइएको छ।

चीनमा १०० मिलियन अमेरिकी डलरको सुरुवाती कारोबार गरेको चलचित्र अमेरिका जुलाई २ मा रिलिज भएको छ भने भारत लगायतका बजारमा जुलाई चारबाट रिलिज हुनेछ।

Back to top button
Close