खेल समाचार

भारत–पाकिस्तान हाइभोल्टेज खेलमा वर्षा, खेल रोकियो

काठमाडौं । बेलायतमा जारी आईसीसी विश्व कप क्रिकेटको सबैभन्दा हाइभोल्टेज खेल हो भारत र पाकिस्तानबीचको । दुई परम्परागत ‘दुस्मन’ भारत र पाकिस्तानबीचको खेल खेल नभएर युद्ध जस्तै हुने गर्छ । तर, आतइबार म्यानचेष्टरको ओल्ड ट्रफोर्ड मैदानमा भारतीय इनिंगको अन्तिमतिर वर्षा भएको छ ।

वर्षाका कारण यति बेला खेल रोकिएको छ । खेल फेरि शुरु हुने वा नहुने अनिश्चित बनेको छ । वर्षाले खेल रोकिनु अघि भारतले विशाल स्कोर बनाइसकेको छ । ३ ओभर २ बलको खेल बाँकी रहँदा भारतले ४ विकेट गुमाएर ३०५ रन बनाइसकेको छ । उसका कप्तान विराट कोहली र केदार जाधव मैदानमा छन् ।

भारतलाई नयाँ ओपनिंग जोडी रोहित शर्मा र केएल राहुलले बलियो शुरुआत दिलाएका थिए । ओपनिंग जोडबीच १३६ रनको साझेदारी बन्यो । राहुलले ५७ रन बनाए भने रोहितले १४० रन बनाए । कोहली ७१ रनमा नटआउट छन् ।

भारतीय ब्याट्सम्यान चम्केको खेलमा पूर्व कप्तान महेन्द्रसिंह धोनी भने फेल भए । उनी १ रन बनाउँदा पाकिस्तानका मोहम्मद आमिरको शिकार बने । यस्तै हार्दिक पंड्याले १९ बलमा २६ रनको उपयोगी इनिंग खेले ।

पाकिस्तानका लागि सबैभन्दा सफल बलर एक पटक फेरि आमिर बने । उनले खेल रोकिँदासम्म ८ ओभरमा एक मेडनसहित ३४ रन दिएर २ विकेट लिइसकेका छन् । यस्तै वाहव रियाज र हसन अलीले एक एक विकेट लिए ।

रोहित शर्मा नजम्दै रनआउटबाट जोगिएपछि उनले विशल इनिंग खेल्दा पाकिस्तान ब्याकफुटमा आएको हो । विश्व कपका हालसम्म भारत र पाकिस्तानबीच भएका यसअघिका ६ खेलमा पाकिस्तान जितबिहीन छ भने भारत शतप्रतिसत सफल छ । जारी प्रतियोगितामा भारत आफ्ना ३ खेलमा अपराजित छ । उता पाकिस्तानको प्रदर्शन भने खासै राम्रो छैन ।

Read original article on dcnepal.com

Back to top button
Close