फिल्मी खबरमनोरंजन

तनुश्रीको आरोप गलत साबित गर्दै नाना पाटेकरलाई क्लिन चिट

बलिउड अभिनेत्री तनुश्री दत्ताले गएको वर्ष नाना पाटेकरमाथि सन् २००९ को चलचित्र ‘हर्न ओके’को आइटम गीतको छायांकनका क्रममा गलत तरिकाले छोएको भन्दै यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनका अनुसार, नाना पाटेकरले उनलाई विरोध गर्ने र गीत छायांकन गर्न नमान्ने हो भने आक्रमण गर्ने धम्की दिएका थिए । यसै विषयलाई लिएर नानामाथी उनले उजुरी नै दर्ता गराएकी थिइन् । यती बेला उनै अभिनेता नाना पाटेकरलाई बिहीबार प्रहरीले ‘क्लीन चिट’ दिएको छ ।

तनुश्रीको आरोप गलत साबित गर्दै नाना पाटेकरलाई क्लिन चिट

योसँगै तनुश्रीले आक्रोषित हुँदै ‘भ्रष्ट पुलिस फोर्स र कानुनी व्यवस्थाले धेरै भ्रष्ट व्यक्ति नाना पाटेकरलाई क्लीन चिट दिएको छ । उनीमाथि पहिले पनि फिल्मी उद्योगसँग जोडिएका कैंयौ महिलालाई धम्काउने, डराउने र यौन उत्पीडनको आरोप लागिसकेको छ’ भनेकी छिन् ।

Read original article on cinepati.com

Back to top button
Close