अर्थदेश

आगामी बजेटबारे अर्थ समितिले प्रतिनिधि सभामा दिएको सुझावमा के छ?

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको बिषयगत समितिले आगामी बजेटले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हुने क्षेत्रमा प्राथमिकता दिन सरकारलाई सिफारीस गरेको छ ।

अर्थ समितिले सातै वटा प्रदेश र स्थानीय तह पुगेर संकलन गरेको सुझावका आधारमा आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्र किटान गरी सोमबारको प्रतिनिधिसभाको बैठकमा सिफारीस सहितको प्रतिवेदन पेश गरेको हो । समितिका सभापति कृष्ण प्रसाद दाहालले उक्त प्रतिवेदन सभामा पेश गरे ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा पेश भएको प्रतिवेदनमा आगामी बजेटले उत्पादनशील रोजगारी सिर्जना हुने, थोरै लागतमा धेरै मूल्यको उत्पादन हुने, सडक, उर्जा, पर्यटन लगायतका क्षेत्रमा प्राथमिकता दिन सरकारलाई सिफारीस गरेको छ ।

समितिले सार्वजनिक खरिद कानुन यसै बजेट अधिवेशनमा संसोधन गर्नुपर्ने, पूर्व तयारीका काम सकिएका आयोजनामा मात्रै बजेट विनियाजन गर्ने, राष्ट्रिय प्राथिमकता प्राप्त आयोजना छनोटको लागि विभिन्न लाभ लागत विषलेशण गर्ने लगायतको विभिन्न क्षेत्रमा प्राथिमकता दिन २२ बुँदे सुझाव सिफारीस गरेको छ ।

समितिका सभापति कृष्ण प्रसाद दाहालले गहिरो अध्ययन तथा छलफलका आधारमा तयार पारेको प्रतिवेदनलाई कागजमा मात्रै सिमित रहन नदिन सरकारलाई सचेत पनि गराए । साथै समितिले सुझाव कार्यान्वयन भए नभएको अनुगमन हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिका सदस्य एवं पूर्वअर्थमन्त्रीद्वय सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको फरकफरक टोलीले सातवटै प्रदेश राजधानी र व्यापारिक केन्द्र पुगेर सुझाव संकलन गरेका थियो । समितिले विभिन्न ६१ वटा प्रश्न रहेको प्रश्नावलीमा कार्यक्रम स्थलमा उत्तर संकलन गरी ५ सय ६३ लिखित सुझाव पनि संकलन गरेको थियो ।

Read original article on dcnepal.com

Back to top button
Close