Latest News from Terai Madhesh

उडिरहेको विमानबाट आत्महत्याको प्रयास

कलैया मौसम बिवरण

न्युवोर्क । अमेरिकामा एक महिलाले अन्तर्राष्ट्रिय उडान भरिरहेको विमानबाट आत्महत्याको प्रयास गरेकी छन् । आर डी यु अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यु वोर्क तर्फ गइरहेको डेल्टा ५९३५ नम्बरको विमानमा सवार सो महिलाले चिच्चाउँदै विमान झयाल खोल्न पुगिन । तर उनको प्रयास असफल रह्यो।

सोहि विमानमा सवार स्टेसी हर्बर्टले एक ट्विट गर्दै बताएकी छिन, “एक जवान महिलाले हाम्रो विमानबाट बाहिर हाम्फ्याल्ने प्रयास गरिन । तर ढोका खोल्न सकिनन् ।” उनले आफ्नो ट्विटमा लेखेकी छिन ।

आर डी यु अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको ११:४५ बजे उडेको सो विमान लागुरादियामा दिउँसोको १ बजे ल्याण्ड गरेको थियो ।

हर्बर्टका अनुसार सो महिला २० को उमेरको हुनुपर्छ। उनी विमानमा रहँदा बारबार आफ्नो जिवनका बारे गुनासो गरिरहेकी थिइन् । उनका अनुसार विमान लागुरादिया अवतरण हुने क्रममा एक्कासी चिच्चाउँदै सो महिलाले ढोका खोली हाम्फ्याल्न खोजेकी हुन् ।

“उनको एकाएक टाउको दुख्यो । केहि सोच्न सकिनन्, ढोका खोलेर मर्नुपर्छ सोचिन,” हर्बर्टले टविट गरेकी छन् ।

फ्फद्फ्दस्फ्द्ग

विमान कम्पनीका अनुसार, ” यो सम्भव पनि थिएन । उडानको मध्यान्तरमा हावाको प्रेसरका कारण ढोका खोलिन सक्दैन् । हामीले डिजाइन नै यसरी गरेका छौं ।”

The post उडिरहेको विमानबाट आत्महत्याको प्रयास appeared first on Nepalpati.com – News Portal from Nepal, Politics, Business, Science, Social, Sport, Ecomony, Entertainment, Movie, Nepali Model, Actor, Actress, Interview.

Read original article on nepalpati.com

Loading...

Arun Sah Web Hosting