सिराहा समाचार

सिरहामा ९० लिटर अबैध घरेलु मदिरा नष्ट

मुकेश यादव

लहान , बैशाख २१ गते । सिराहाको इलाका प्रहरी कार्यालय नरहाले अवैध मदिरा नष्ट गरेका छन ।

प्र. ना. नि. विनोद प्रसाद चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नराह गाउँपालिका वडा नं. ५ स्थित बलुवा चौकमा बिराटनगर वाट सिराहा,माडर चल्ने यात्रुबाहक बसलाई चेकजाँच गर्दा उक्त बसमा लुकाई छिपाई ल्याएको ४ गैलन घरेलु अवैध मदिरा अन्दाजी ९० लिटर बरामद गरि नष्ट गरेका छन् ।

बरामद गरेको अवैध मदिरा स्थानिय भद्रभलादमीहरुको रोहवरमा नष्ट गरिएको प्रसनि संजय झाले जानकारी गराए ।

The post सिरहामा ९० लिटर अबैध घरेलु मदिरा नष्ट appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Back to top button
Close