सिराहा समाचार

कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

मुकेश कुमार यदव

लहान,बैशाख २१ गते। सिरहाको भगवानपुर गाउँपालिका वाट कटुवा पेस्तोल सहित एकजना भारतिए लाई पक्रउ गरेका छन ।

प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी गस्ती टोलीले भगवानपुर गाउँपालिका वडा नम्बर ४ स्थित दशगजा मिनी बजारको बाटोमा चेकजाँच गर्दा देश भारत जिल्ला मधुबनी ग्रामपञ्चायत बगहा वडा नम्वर १ बस्ने बर्ष २८ को राजेश कुमार यादब पक्रउ गरेका छन ।

उनको साथवाट कटुवा पेश्तोल १ थान र पेश्तोलमा लाग्ने खाली खोका १ राउण्ड फेला पारेको छन । निज व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको, जिल्ला अदालत सिराहाबाट म्याद थप गरी अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता माधव राज खडेल वताएका छन ।

The post कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Back to top button
Close