बारा समाचारमुख्य समाचार

२३ बर्षदेखी फरार डाका र लागु औषध मुद्दाका २ अभियुक्त पक्राऊ

नरेश गुप्ता । ईलाका प्रहरी कार्यलय सिमराको टोलिले २३ बर्ष देखि फरार रहेको दुई प्रतिबादीलाई पक्राउ गरेका छन ।

बिगत २३ बर्ष देखि फरार रहेको डाका मुद्दाका अभियुक्त जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका १० निवासी राम मधिया धानुकको छोरा बर्ष ४२ को नन्दकिशोर धानुक लाई पक्राउ गरिएको छ । पक्राउ परेका धानुकलाई सम्मानित बारा जिला अदालतको २०५२/८/२१ गतेको फैसलाले डाका मुदामा ६ बर्ष कैद र रु ३२,८५०र जरिवाना लागि धानुक बिगत २३ बर्ष देखि फरार रहेका थिए ।

त्यसैगरी समानित बारा जिला अदालतको फैसाला २०५२/५/१९ को फैसला अनुसार १ बर्ष ६ महिना कैदर रु ८००० र जरिवानाको लागि फरार रहेको जितपुर सिमरा २३ बस्ने गुल्टेनी मियाको छोरा हबिब मियालाई ईलाका प्रहरी कार्यलय सिमराको टोलिले लुकिछिपी रहेको अवस्थामा पक्राउ गरि समानित बारा जिला अदालतमा प्रस्तुत गरिएकोमा कैद भुक्तानीको लाई बिगत २३ बर्ढ देखि फरार रहेको दुबै जनालाई शुक्रबार बिरगंज कारागार चलान गरिएको बाराको प्रहरी प्रवक्ता रनजित सिह राठौरले जानकारी गराउनु भयो ।

Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close