मुख्य समाचारसमाचार

विस्तृत शान्ती स्थापना भएको १२ वर्ष न्याय नपाएकोमा पीडितको बिरोध

द्वन्द्व प्रभावित महिलाहरुले विस्तृत शान्ती स्थापना भएको १२ वर्ष बित्दा समेत न्याय नपाएकोमा बिरोध गरेका छन् । उनीहरुले न्याय नपाइएको भन्दै गम्भिर प्रकृतिका अपराधमा छानबिन प्रकृया अगाडि बढाउन माग गरेका छन् ।

काठमाडौंमा भएको द्वन्द्व पीडित महिलाको दुई दिने अभियान शुक्रबार सम्पन्न गर्दै सो राष्ट्रिय भेलाले १२ बँुदे मागपत्र सार्वजनिक सार्वजनिक गरेका छन् ।

सरकारले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरुको परिभाषामै यातना पीडित र यौनजन्य हिंसाका पीडितलाई नसमेटेको भन्दै यस्ता जघन्य अपराधमा छानबिन प्रकृया अघि बढाउन माग समेत गरेका छन् ।

द्वन्द्व प्रभावित तथा एकल महिला समूहकी उपाध्यक्ष शोभा विसीका अनुसार मागपत्रमा विस्तृत शान्ति सम्झौता पछि पनि द्वन्द्वकै प्रभावबाट पीडित भएका महिलाहरुको यथाशिघ्र्र छानबिन गरि पीडितको न्याय र क्षतिपुर्तिको अधिकार शुनिश्चित गरिनु पर्ने, सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्व प्रभावितको प्रतिनिधित्व हुनेगरी पुर्नगठन गरिनुपर्ने लगायतका माग समेटिएको छ ।

देशैभरको सात वटै प्रदेशका द्वन्द्व प्रभावित महिलाले दुई दिनसम्म छलफल गरी भेलामा आ–आफ्ना क्षेत्रका द्वन्द्व प्रभावित महिलाको समस्याबारे छलफल गरेका थिए । छलफलका क्रममा सबैभन्दा पीडामा यौनजन्य हिंसामा परेका महिलाहरु रहेका पाइएको पनि उपाध्यक्ष विसीले जानकारी दिईन् ।

‘यौन हिंसा र बलात्कारमा परेका महिलाले अगाडि आएर केही भन्न नसकेको अवस्था छ’ विसीले भनिन्, ‘त्यस्ता महिलाको भावनालाई सम्मान गर्नको लागि विशेष व्यवस्था सहित उनीहरुको सम्मानमा लागि शान्ति स्मारक बनाउनुपर्ने पनि पीडितहरुको माग छ ।’

उनका अनुसार बलात्कार, यातना र यौनजन्य हिंसाजस्ता जघन्य अपराधका पीडितहरुको प्रारम्भिक अनुसन्धान गरी तत्काल अन्तरिम राहत, औषधि उपचार, कानुनी सहायता र मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने अवस्था छ । त्यसैले सरकारले द्वन्द्व पीडितका नाममा १० लाख रुपैयाँ राबहत दिँदैमा द्वन्द्व सकियो भन्न नहुने उनको तर्क छ ।

द्वन्द्व पीडित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई पनि आफ्ना समस्या राखेका थिए । मन्त्री ढकालले सरकार द्वन्द्वका घाउहरु दीर्घकालिन रुपमा मेटाउने गरि तयारीमा रहेका पीडितहरुलाई जानकारी गराएका थिए ।

Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close