बारा समाचारमुख्य समाचार

बंङ्गरी नदि सिचाईको चौथो सधारण सभा सम्पन्न

बाराको प्रसौनी गाउपालिकामा बंङ्गरी नदि सिचाई योजनाको चौथो वार्षिक सधारण सभा सम्पन्न भएको छ ।

वडा नम्वर ६ बेलहिया टोलमा आयोजित वार्षिक चौथो सधारणको उदघाटन वडाध्यक्ष बृजकिशोर कुशवाहाले गरेका थिए । उदघाटन गर्दै कुशवाहाले अफानो पृष्ठभुमि किसानबाट भएकोले किसानको समस्यालाई पहिलो प्राथमिकतामा राखि कार्य गरेको बताएका छन ।

किसानलाई सिचाई गर्न सिचाईको व्यवस्था सहज र सुलभ बनाउद सदैव तयार रहने प्रतिवद्धता गरेका छन । मेरो लक्ष्य किसानलाई कृषिमा सहज वातावरण मिलाउने, शिक्षा तथा स्वास्थ्यमा प्रमुख एजेण्डाको रुपमा रहेको वडाध्यक्ष कुशवाहवाले जनाएका छन ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य पारस साहले बंङ्गरी नदिमा पुल निमार्ण कार्य धेरै पहिला आफुले सभाबाट पारित गराई सकेको जनाए । चाडै यस पुल निमार्ण कार्य सुरु हुने बताएका छन ।

यसै गाउमा हुर्के बढेकोले यहाको समस्या बारे प्रत्यक्ष जानकार रहेको बताए । स्वास्थ्यको लागि करिव पाँच किलोमिटर टाढा कलैया जाने समस्याबाट छुटकारको लागि २२ शैया अस्पतालको लागि पहल गर्ने जानकारी गराए ।

वङ्गरी नदि सिचाई योजनाको अध्यक्ष रामअस्रे साह तेलीले आफुले आफनो कार्यकालमा भए जति गरेको र हुन नसकेको आगामी दिनमा पुरा गर्ने प्रतिवदता गरेका थिए ।

विक्रम प्रसाद मण्डलको अध्यक्षतामा नया कार्यसमितीको गठन गरिएको वडाध्यक्ष कुशवाहाले जनाएका छन ।

Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close