बारा समाचार

प्रमुख प्रशासकिय अधिकृत कृष्णचापागाईको बिदाई समारोह समपन

नरेश गुप्ता । बाराको महागढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत  कृष्णचापागाईको शुक्रबार बिदाई गरिएको छ ।

बिदाई समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र प्रसाद यादवले  छोटो अवधिमा कार्यलय प्रमुख चापागाईंले गरेको कामको सराहना गर्नु भएको थियो । बिगत दुई महिना देखि महागढीमाई नगरपालिकामा कार्यरत कार्यलयप्रमुख चापागाईले कार्यलयको विभिन्न फाटहरु लेखाशाखा , जिन्सी , दर्ता चलानी राज्श्व शाखा  आदि शाखा ब्यवस्थित पारिएकोले वहाले गरेको कामको सराहन गर्नु भएको थियो ।

नगर प्रमुख यादवले मायाको चिनो र दोसाला ओढाएर वहाको समान गर्नु भएको थियो । प्रम्ख प्रशासकिय अधिकृत कृष्णचापागाईको सरुवा पर्सा जिलाको बहादुरमाई गाउपालिकामा भएको छ । वहाको ठाउमा महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत  सालिकराम ढकाल सरुवा भएर आउनु भएको छ ।

बिदाई समारोहमा आफू समानित भएकोमा कार्यलय प्रमुख चापागाईं धेरै खुसी व्यक्त गर्नु भएको थियो । वहाले महागढीमाई नगरपालिकाको बिकासको लागि आफ्नो अमुल्य सलाह सुझाव दिनु भएको थियो । बिदाई समारोहमा वडा अध्यक्ष लगायत कार्यलयको कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close