बारा समाचारमुख्य समाचार

क्षमताभन्दा धेरै माल बोक्ने १२ ट्रक बारा प्रहरीको नियन्त्रणमा

श्याम गुप्ता । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले क्षमताभन्दा बढी माल ढुवानी गर्दै गरेका १२ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

ओभरलोड बोकेर चितवन जानलागेका ती ट्रकहरुलाई ट्राफिक प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो । उक्त ट्रकहरुले तोकिएको परिमाणभन्दा ६ देखि ९ टनसम्म बढी भार बोकी ल्याउनेक्रममा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

उक्त गाडीहरुलाई कारबाहीको लागि वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालय पठाइने प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए ।

उनले बढी भार बोकेर हिँड्ने गरेको कारण सडक, पुललाई क्षति पुग्नुका साथै सवारी दुर्घटनाको सम्भावना वृद्धि हुने बताए ।

Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close