समाचार

८८ किलो सुन तस्कर प्रकरणः सुन भरियालाई तीन बर्ष जेल, ४३ करोड जरिवाना

काठमाडौं । तस्करीबाट ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीन बर्ष जेल सजाय तोकेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन बर्ष जेल सजाय फैसला गरेको हो ।

पोखरेलको इजलासले चिनियाँ नागरिकद्धय याङ वइमिङ र पान वइमिङलाई भने जनी ४३ करोड ७० लाख रुपैयाँ जरिवानासहित पाँच बर्ष कैद फैसला गरेको छ ।

तर, यी दुवै फरार छन् । उनीहरु चीन फर्किसकेको सुचना आएको प्रहरीले बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ट्याग्स् ।
Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close