अन्तर्राष्ट्रिय

पाकिस्तानमा दोस्रो ठुलो आक्रमण, बम विष्फोटमा २५ जना मारिए

पाकिस्तानमा अर्को ठुलो आक्रमण भएको छ । खैबर पख्तुनख्वा प्रान्तको एउटा मदरसा नजिकै शुक्रबार भएको बम आक्रमणमा परी कम्तिमा पनि २५ जनाको ज्यान गएको छ भने ३५ जना जति घाइते भएको समाचार प्राप्त भएको छ ।

यो घटना कराचीमा शुक्रबार भएको बन्दुक आक्रमणको लगत्तै भएको हो । यो बम आक्रमण औरकजई जिल्लाको कलाया क्षेत्रको जुमा बजारमा भएको हो । उक्त जिल्लामा आदिवासीहरूको बसोबास रहेको छ ।

घटनाको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यस घटनामा संलग्नहरूलाई चाँडै पत्ता लगाइने बताए ।

उनले कराची आक्रमणले चीन पाकिस्तान सम्बन्ध कम्जोर नहुने प्रतिक्रिया दिएका छन् ।

ट्याग्स् ।
Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close