सरकाररले छान्यो १०० नयाँ पर्यटकिय गन्तव्य, बाराको गढिमाई मन्दिर पनि सुचिमा

सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् ।

सरकारले बारा जिल्लाको महागढिमाई नगरपालिका बरियारपुर स्थित रहेको श्री गढिमाई मन्दिरलाई पनि सुचिमा सामेल गरेको छ । हरेक बर्ष लाँखौं भक्तजनहरुको ओहिरो लाग्ने गढिमाई मन्दिर नेपाल सरकारको उदासिनताले ओझेलमा परेको थियो ।
भारतको उत्तरप्रदेशमा हरेक १२ बर्ष पछि लाग्ने कुम्भ मेला पछि बाराको महागढिमाई नगरपालिका बरियारपुर स्थित हरेक ५ बर्षमा लाग्ने श्री गढिमाई मेलामा बसै भन्दा बढि भक्तजनहरुको ओहिरो लाग्ने गर्दछ ।

नेपाल र भारतबाट लाखौं भक्तजनहरुको ओहिरो लाग्दा पनि प्रचारप्रसारको कमिले गर्दा अन्य देशहरुबाट यहाँ आगमन कम हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.