समाचार

सरकारकै कारण राष्ट्रिय आयोजना अलपत्र, वीरगंज–पथलैया व्यापारिक मार्गको बेहाल

श्याम गुप्ता,  बारा । राष्ट्रिय आयोजनामा रहेको व्यापारिक मार्ग बिस्तार योजना वीरगंज–पथलैया ६ लेन सडक निमार्ण कामको सम्झौताको म्याद गुज्रिने निश्चित भएको छ । बाटो विस्तारका लागि सडक बिभागले गत २०७३ साल असार २९ गते अर्थात् ३० महिनाको समय अवधी तोके पनि सडक निर्माण कामको सम्झौता भएको ३० महिना आउँदो पुस महिनामा म्याद गुज्रिने पक्का भएको हो ।

सडक विभागले वीरगंजदेखि पथलैया सम्म बाटो निमार्णका लागि ६ भागमा बिभाजन गरेर छुट्ट–छुट्टै ६ वटा कम्पनिलाई जिम्मा दिएको छ । व्यापारिक मार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले समयमा काम नगर्दा व्यापारीक मार्गको काममा ढिलाई भएको योजना कार्यालयले जनाएको छ ।

हाल निर्माण कार्यको जिम्मा पाएका केहि कम्पनीहरुले केहि हदसम्म राम्रो काम गरेपनि अन्य कम्पनीहरुले भने काममा ढिलाई गरेका कारण र योजनाले समयमा साईड खाली गराउँन नसकेको कारणले समयमा काम पुरा नभएको व्यापारिक मार्ग बिस्तार योजना वीरगंज–पथलैया सडकका सूचना अधिकारी ईन्जिनियर सौम्या आनन्दले बताईन् ।

भौतिक प्रगती बारे बताउँदै ईन्जिनियर सौम्या आनन्दले भनिन्– “योजनाको लगभग ५० प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।” यस योजनामा रहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्ज अन्तरर्गत पर्ने ११ सय मिटरको क्षेत्र खाली गराउँन नसक्दा पनि काम प्रभावित भएको ईन्जिनियर आनन्दको भनाई छ ।

उनले पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने ११ सय मिटर रुख कटान गर्नका लागि ई.आ.ए रिपोर्ट चाँडै आउँने बताउँदै जीतपुर बजार क्षेत्र अन्तरर्गत सडकमा पर्ने संरचना हटाएर सडक निर्माणमा सहयोग गर्न जीतपुर बासीसँंग आग्रह समेत गरेकी छन् ।

पाँच अर्व ५० करोडको लागतमा बिनियोजन गरिएको पथलैया देखी बिरगंज सम्म २७ कीलोमिटरको सडक निर्माण थालिएको सडक विभागले प्रति कम्पनिलाई झण्डै ६७ करोड बजेट छुट्याएर आउँदो २०७५ साल पुष २८ गते भित्र सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने गरी जिम्मा दिएको थियो । सडक निर्माणको ठेक्का सम्झौता भएको सयम सिमा समाप्त हुँन अब झण्डै डेढ महिना मात्रै बाँकी रहेको छ ।

कुन–कुन कम्पनीले पाएको छ ठेक्का ?

वीरगंज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य सम्पन्न गर्नका लागि व्यापारिक मार्ग बिस्तार योजना बिरगंज पथलैया सडक बिभाग कार्यालय पथलैया बाराले ६ वटा प्याकेजहरुमा बिभाजन गरेको छ ।

जस मध्ये ठेक्काको टेण्डर लिएका निर्माण कम्पिनीहरु एएमआर-कन्टेक जेभीलाई प्याकेज नम्बर ४ र ६ , शर्मा-युनाईटेड् ब्युल्डर्स-दिवा निर्माण सेवालाई प्याकेज नम्बर ५ , एएमआर-पप्पु-न्टेकलाई प्याकेज नम्बर १ , श्रेष्ठ-बिरुवा-एपेक्स् जेभीलाई प्याकेज नम्बर २ र पप्पु-लुम्बिनीलाई प्याकेज नम्बर ३ को टेण्डर रहेको छ । पाँच वटा निर्माण कम्पनीहरुले ६ वटा प्याकेजको टेण्डर लिएको ईन्जिनियर आनन्दले बताईन् ।

योजनाको प्याकेज नम्बर ४ अन्तरर्गत पथलैया देखि सिमरा स्थित सूर्य नेपाल ईन्डष्ट्रिज सम्म ४.५६ कि.मि एएमआर-कन्टेक जेभी, सूर्य नेपालदेखि जीतपुरस्थित नेपाली सेनाको ब्यारेक सम्म प्याकेज नम्बर ५ अन्तरर्गत ५.८ किमि शर्मा-युनाईटेड् ब्युल्डर्स-दिवा निर्माण सेवा, नेपाली सेनाको ब्यारेकदेखि परवानीपुर जक्सनसम्म प्याकेज नम्बर ६ अन्तरर्गत ५.१६ किमि एएमआर-कन्टेक जेभी, परवानीपुर जक्सनदेखि ट्राईपोर्ट गण्डक नहरसम्म प्याकेज नम्बर १ अन्तरर्गत ३.९२ किमि एएमआर-पप्पु-कन्टेक, ट्राईपोर्ट गण्डक नहरदेखि सृजना पेट्रोल पम्प मनिहारीसम्म प्याकेज नम्बर २ अन्तरर्गत ३.५ किमि श्रेष्ठ-बिरुवा-एपेक्स जेभी र प्याकेज नम्बर ३ अन्तर्गत मनिहारीदेखि आईसिपीसम्म ४.१ किमि सडक निर्माणको ठेक्का पप्पु-लुम्बिनीले टेण्डर जिम्मा लिएको ईन्जिनियर आनन्दले बताईन् । त्यस्तै ड्रेन कभर अर्थात् नाला माथीको ढक्कन बनाउँने टेण्डर पनि एएमआर-कन्टेक जेभीले जिम्मा लिएको छ ।

कसलाई कति हो टेण्डरको रकम ?

ईन्जिनियर सौम्या आनन्दका अनुसार प्याकेज नम्बर ४ र ६ को सडक निर्माणको जिम्मा लिएको एएमआर-कन्टेक जेभीले ६० करोड ६२ लाख ५ हजार ७ सय ९ र ६७ करोड ७१ लख ४५ हजार ७ सय ८४ रुपैयाँ गरी १ अर्व २८ करोड ३३ लाख ५१ हजार ४ सय ९३ रुपैयाँको टेण्डर लिएको छ ।

त्यस्तै शर्मा-युनाईटेड् ब्युल्डर्स-दिवा निर्माण सेवाले प्याकेज नम्बर ५ अन्तरर्गत ७६ करोड ५० लाख १४ हजार ८ सय ९४ रुपैयाँ, एएमआर-पप्पु-कन्टेकले प्याकेज नम्बर १ अन्तरर्गत ५२ करोड ६ लाख ७ हजार ८ सय ५१ रुपैयाँ, श्रेष्ठ-बिरुवा-एपेक्स जेभीले प्याकेज नम्बर २ अन्तरर्गत ४८ करोड ६४ लाख ८२ हजार ७ सय ४१ रुपैयाँ र पप्पु-लुम्बिनीले प्याकेज नम्बर ३ को सडक निर्माणका लागि ४८ करोड २४ लाख ५५ हजार ४ सय ६१ रुपैयाँको टेण्डर जिम्मा लिएको आनन्दले बताईन् ।

त्यस्तै व्यापारिक मार्गमा सडक लेन अनुसार पर्ने तीन वटा पुलहरुको पनि निर्माण कार्यहरु भई रहेको छ । व्यापारिक मार्गमा पर्ने लालका पुल, श्रीसियाको दुई छुट्टा–छुट्टै स्थानमा पर्ने तीन वटा पुललाई पनि निर्माणका लागि २०७४ साल मै टेण्डर दिईएको ईन्जिनियर आनन्दले बताईन् ।

पुलहरु मध्ये लालका पुल निर्माणको जिम्मा ईलाईट-एसबीए जेभीलाई दिएको छ, भने श्रीसियामा पर्ने दुई छुट्टा–छुट्टै पुल निर्माणको जिम्मा लुम्बिनी-मृत संजिवनी जेभीलाई दिईएको आनन्दले जानकारी दिएकी छन् ।

योजना प्रमुख बिहिन कार्यालय

वीरगंज–पथलैया व्यापारी मार्गको निर्माण कार्यमा भईरहेको ढिला सुस्तीका विषयमा सामाचार संकलनका लागि हाम्रा सहकर्मी श्याम गुप्ता पथलैयास्थित व्यापारिक मार्ग बिस्तार योजना वीरगंज पथलैया सडक बिभागको कार्यालय सम्म पुगे । तर, कार्यालयमा जाँदा योजना प्रमुखको कोठा नैं खाली देखियो । सुसान अवस्थामा रहेको त्यस कोठामा योजना प्रमुखको नेम प्लेट, कुर्सी, टेबुल, देशको झण्डा, झुण्डयाईएको अवस्थामा केहि नक्शा र सोफा सेट बाहेक कोही पनि थिएन । सो बारेमा बुझ्दै जाँदा बिगत डेढ महिनादेखि नैं योजना प्रमुख बिहिन भएको अवस्थामा कोठा रहेछ ।

के भन्छन् त ठेक्केदार कम्पनीले ?

वीरगंज–पथलैया व्यापारिक मार्ग अन्तरर्गत प्याकेज नम्बर ४ र ६ को सडक निर्माणको ठेक्का लिएको एएमआर-कन्टेक जेभीका प्रबन्धक गौरब सिंहले योजना प्रमुख कै कारण निर्माण कार्य अवरोध भईरहेको बताउछन् ।

व्यापारिक मार्ग बिस्तार योजना वीरगंज पथलैया सडक बिभागको योजना प्रमुखको नैं पटक–पटक परिवर्तन भईरहेकोले योजनामा ढिलाई भईरहेको सिंहले बताएका छन् ।

योजना प्रमुखको परिवर्तन बारे बताउँदै उनी भन्छन्– “गत २०७३ सालदेखि योजना प्रमुखको रुपमा पथलैया स्थित कार्यालयमा कार्य भार सम्हालेका रबिन्द्रलाल दास छँदा निर्माण कार्य गति मैं थियो ।” त्यसपछि योजना प्रमुख दासको २०७५ साल जेष्ठ महिनामा सरुवा भएसँगै असार महिनामा योजना प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका मेघराज मरासैनीको पनि तीन महिनापछि असोजमा उनको सरुवा गरिएको गौरब सिंहले बताए ।

योजना प्रमुखको पटक–पटक सरुवा भई रहँदा रकम निकासा नहुँनुका कारण व्यापारिक मार्गको निर्माण कार्य समय सिमा अवधीमा पुरा गर्न असमर्थ रहेको सिंहले बताएका छन् ।

जीतपुरमा अवरोध किन ?

पछिल्लो समय सडक बिस्तारमा अवरोधको आरोप लागेको जीतपुर बासीहरुमा बिगत ६ महिना पहिले नैं बैठक बसाली संरचना भत्काउँने निर्णय भईसकेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ जीतपुर बाराका अध्यक्ष संजय कुमार साहले बताएका छन् । विकास बिरोधी नहरेको जीतपुरका बासिन्दाहरुले सडक निर्माणमा सहजताका लागि सहमती भए अनुसार आँफैले आ–आफ्नों संरचना भत्काई रहेको र आफ्नों संरचनाको संरक्षण पनि जीतपुर बासीले गरिरहेको अध्यक्ष साहले बताए ।

सहमती भए अनुसार जीतपुरका बासिन्दाहरुले आँफै आफ्नों संरचना भत्काई रहेका छन् । उनी भन्छन्–“जीतपुर बासीमा त चेतना आयो तर , बिकास निर्माणमा स्वंम् जीतपुरसिमरा उपमहानगरपालिकाले नैं अवरोध गरिरहेको ।” भत्काउँने सम्पूर्ण साधनहरु भएर पनि जीतपुरमा अवस्थित नगरपालिकाको संरचनाहरु सो कार्यालयले नभात्काउँदा सडक निर्माणमा अवरोध भईरहेको अध्यक्ष साहले गुनाँसो गरेका छन् ।

यात्रीहरुलाई सास्ती मात्रै !

वीरगंज–पथलैया व्यापारिक मार्गको निर्माण कार्य समय मैं सम्पन्न नहुँदा बाटोमा हिँड्ने बटुवा, मोटरसाईकल चालक, माल बाहक तथा यात्रु बाहक सवारीका साधनहरुमा जता–त्यतै बिग्रेको बाटोका कारण आँफूहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको सवारी चालकहरु बताउँ छन् ।

यता सडक बिस्तारमा ढिलाई हुँदै जाँदा यात्रीहरुलाई मात्रै नभई होटल व्यवसायमा पनि नराम्रो असर पर्दै गएको छ । बाराको जीतपुर स्थित लालका पुल नजिकै रहेको स्मृती स्टाप होटल सञ्चालक साबित्री ठकुरीले निर्माणधिन सडकबाट आउँने धुवाँ–धुलोका कारण उनको टोलमा भएको खानाहरु जम्मै बर्वाद हुने गरेको गुनासो गरेकी छन् ।

साबित्री जस्तै धुवाँ–धुलोको समस्या बारे बताउँदै सिमराका हार्डवेयरको पसल सञ्चालन गरेका स्थानीय हरि खत्रीले धुलोका कारण पसलमा रहेको बिभिन्न फलामे सामानहरुमा खिया लाग्ने र ग्राँहकहरुले त्यो सामान लिन हिच्किचाउँने गरको गुनाँसो पोखे ।

हुन त सडक निर्माणका क्रममा धुवाँ–धुलो उड्नु स्वभाविक हो । यसले यात्री, सवारी चालक, होटल सञ्चालक, पसलका सञ्चालकहरुलाई असर नपर्ने होईन । त्यसले स्वास्थ्यमा प्रत्यक्ष हानी हुँनुका साथै जोखिम मोलेर सवारीका साधनहरु चलाउँनु बाध्यता भएको छ ।

तर , सडक बिस्तारका प्रदुषणलाई नियन्त्रण गर्न ठेक्केदार कम्पनीहरु बेला–बेलामा सडकमा पानी पटाउँन आवश्यक छ । साथै योजना प्रमुखको नियक्ति सँगसँगै सम्झौता अवधी बढाएर छिटो भन्दा छिटो सडक बिस्तार गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

ट्याग्स् ।
Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close