समाचार

मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास

काठमाडौं । मलेसियासँग श्रम समझदारी एमओयु गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ ।

आजको कान्तिपुर  दैनिकमा यो खबर छ – कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क तिर्न नपर्ने गरी मलेसियासँग एमओयु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पछिल्ला दिनमा मलेसिया कामदार पठाउने मामिलामा गुपचुप छ । यसबाट मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास भएका छन्।

एमओयुपछि नेपाल मलेसिया संयुक्त कार्यदल जेडब्लुजीले समेत मलेसियामा रोजगारीका लागि जाने प्रक्रियाबारे टुंगो लगाईसकेको छ ।

जेडब्लुजीमा दुई देशका उच्च अधिकारी सम्मिलित छन् । एमओयु र कार्यादलमा पुरानै प्रक्रियाअनुसार नेपाली कामदार मलेसियापठाउने सहमति भएको छ ।

यो सहमतिपछि जेठ २ गतेदेखि रोकिएको मलेसियाको रोजगारीको ढोका पुनः खुल्ने धेरैको अपेक्षा थियो ।

ट्याग्स् ।
Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close