बारा समाचारमुख्य समाचार

कलैया अस्पतालको अवस्थामा सुधार हुँदै , सेवाग्राहिहरु संतुष्ट , मेजर अप्रेसन सेवा छिटै सुचारु हुने : मेडिकल सुपरिडेन्ट झा

नरेश गुप्ता  ।
बाराको सदरमुकाम कलैया स्थित रहेको कलैया अस्पतालको मेडिकल सुपरिडेन्ट त्रिभुवनचन्द्र झा कलैया अस्पतालको अवस्था सुधार भएको ,सेवाग्राहीहरु संतुष्ट भएको तथा मेजर अपरेसन छिटै सुचारु हुने दाबि गर्नु भएको छ ।
कलैया अस्पतालमा हाल ओ पि डि सेवा  , माईनर अपरेसन , अर्थोपेडिक सर्जरी , फार्मेसी सेवा लाई प्रभावकारी बनाउन अस्पताल बिकास समिती , कर्मचारी , चिकित्सक सबै जनासग समन्वय गरि सेवा अगाडि बढाईएको मेसु झाले  जानकारी गराए ।
फार्मेसि सेवालाई २४ घन्टे संचालन गर्न थप कर्मचारी र ईमर्जेन्सी सेवा तर्फ पनि छव जना कार्यलय संहयोगी राख्न कलैया अस्पताल  बिकास समिति र कलैया उपमहानगरपालिकाले ब्यवस्थापन गर्न लागि परेको वहाले जानकारी गराउनु भयो ।
कलैया अस्पतालले ओ पि डि सेवा लाई प्रभावकारी बनाउन मेसु आफैले पनि आफ्नो कार्यकक्षमा भिडभाड हुने बेला चेकजाछ गर्ने गरेको छन । गरिब , असहायलाई पनि कलैया अस्पतालले विभिन्न चेकजाँच रगत , एक्सरे , पिशाव चेकजाँच मा  सिफारिस पश्चात् नि : शुल्क सेवा दिइरहेको झाले जानकारी गराउनु भयो ।
कलैया अस्पतालमा दैनिक १० देखि १५ जना सम्म एन्टि रेबिज भ्याक्सिनको लागि कलैया अस्पतालमा आउने गरेको वहाले जानकारी गराए ।  बिगत दुई महिना अगाडि आउनु भएको मेसु झाको काम, अस्पताल प्रतिको दायित्व , लगनसिलता  देखेर सेवाग्राही देखि कर्मचारी सबै  खुसी ब्यक्त गरेका छन ।
ट्याग्स् ।
Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close