जनता दल र पिछडावर्ग महासंघ नेकपामा बिलय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले मधेसका समस्या समाधान गर्न मधेसवादी दल नचाहेको बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले मधेसको समस्या नेकपाले समाधान गर्ने बताए ।

मधेसवादी दलले मधेसको समस्या समाधान नगरी सत्ताको दौडमा रहेकाले सोझा मधेसीहरुले समस्या झेल्नुपरेको उनले बताए । नेकपा नेतृत्वको सरकारले मधेसको समस्या समाधान गर्ने बताउँदै उनले पिछडीएका जनताको बिकासका लागि पार्टीले योजनाबद्ध तरिकाले अगाडी बढने बताए ।

राष्ट्रिय जनता दल नेपाल र पिछडाबर्ग (ओबिसी) महासंघका सम्पुर्ण नेता कार्यकर्तालाई नेकपामा प्रबेश गराउँदै मधेसको समस्या समाधन गरिने उनले बताए । महासचिव पौडेल, संसदीय दलका कार्यबाहक नेता सुबास नेम्वाङ, स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डल लगायतका नेताले अबिर तथा खादा लगाएर उनीहरुलाई पार्टीमा प्रबेश गराए ।

मधेसका पिछडाबर्ग, गरिब, जातिय बिभेदमा परेका जनताको आर्थिक, समाजिक, राजनीतिक बिकासका लागि नेकपाले महत्वपुर्ण काम गर्ने महासचिव पौडेलले बताए । नवप्रबेशी नेताहरुलाई योग्यता, क्षमता अनुसार पार्टीमा जिम्मेवारी दिईने उनले बताए ।

पार्टी प्रवेश गराउनका लागि नेकपाका नेता एवं पिछडावर्ग महासंघका संस्थापक अध्यक्ष, पूर्व उधोग राज्यमन्त्री मेघराज निषाधले पहल गरेका हुन् । निषाधकै सक्रियतामा जनता दल र पिछडाबर्गका सम्पुर्ण नेता नेकपामा प्रबेश गरेका हुन् । समत पार्टीका अध्यक्ष रहेका निषाध यस अघि नै नेकपामा प्रबेश गरिसकेका हुन् ।

जनता दलका अध्यक्ष भरतप्रसाद महतो सहित पार्टीका केन्द्रीय सदस्यहरु, मधेसका २० जिल्लाका सम्पुर्ण नेता, कार्यकर्ताहरु नेकपामा प्रबेश गरेको मनाई महतोले बताए । मधेसको समस्या समाधान एवं पिछडावर्गको बिकासका लागि नेकपाले नै गर्ने बिश्वास उनले व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.