प्रदेश २ को स्थानीय निकायको सम्मेलन सम्पन्न

जनकपुर । असोज १६ युनिर्भसल पीस फेडेरेशन नेपालले २ नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरुबीच विकास साझेदार समन्वय गर्न जनकपुरमा मेयर कन्फेरेन्स गरिएको छ ।

सम्मेलनको उद्घाटन २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरे ।

उद्घाटन पश्चात बोल्दै शान्तिको अभियान आजको आबश्यकता भएको भन्दै यस्को शुरुवात परिवारबाट गनुपर्नेमा जोड दिए । जनकपुरमा ८ वटा जिल्लाका मेयर र उपमेयरहरुको परिवारसहितको सहभागिता जनाएका थिए । पारिवारिक मिलन गराउने साथै पारिबारीक मुल्य मान्यता र असल संस्कारलाई नेपाली समाजले मान्यता स्थापित गराउन आजको आवश्यकता रहेको उल्लेख गदै मुख्यमन्त्री राउतले यस्ता पारिवारिक मूल्य मान्यताका कार्यक्रमले स्थानीय तहको बिकासका सहयोग पुग्ने बताए ।

जनकपुर उप-महानगरपालिकाकी उपप्रमुख रिना कुमारी मिश्रले स्थानीय निकायमा कानून र विकास एकअर्काका परिपुरक हुन भन्ने कुरामा हामी अन्यौलमा परेका बताईन् । सम्मेलनमा स्थानीय निकायमा गरिने विकासको मोडल र नयां सविधानले दिएको स्थानीय निकायलाई कानुनबारे जानकारी गराइएको थियो ।

नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिन आ–आफनो जोडी सहित कार्यक्रममा उपस्थित भएर २ नं प्रदेशका महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरूले एकबद्धता जनाएका थिए । राजनीतिक बिश्लेषक लालबाबुप्रसाद यादवले संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा कार्यपत्र गरे ।

त्यस्तै गरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे ।

जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव पारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्नेबारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरे ।
सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले ‘शान्तिका लागि नगर प्रमुखहरू अन्तर्राष्ट्रिय संगठन स्थापना गर्ने ऐक्यबद्धता जनाउँदै हस्ताक्षर समेत गरे । कार्यक्रममा संगठनका प्रदेश संयोजक पुरुषोतम कार्कीले सम्मेलन फलदायी भएको बताउँदै अहिलेको समय सापेक्ष स्थानीय तहका लागि आवश्यक समेत महसुस गरिएको जानकारी दिए ।

सम्मेलनको सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश समेत सिराह नगरपालिकाकी उपप्रमुख डा. नमिता यादवले पढेर सुनाएकी थिए । जनकपुर उपमहानगर पालिकाकी उपप्रमुख रिना कुमारी मिश्रको सभापतित्वमा भएको कार्यक्रमा प्रदेश सांसद बेचु लुङ्गेली, पूर्व सभासद बबन सिह बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोष कुमार पौडेल लगायतले बोलेका थिए । एभरेष्ट दैनिकबाट

Leave A Reply

Your email address will not be published.